For Nepali By Nepali - नेपाली को लागि नेपाली

info@nrna-germany.de

नानीहरूका नेपाली-भाषा सामग्री

दाजु-भाई तथा दिदी-बहिनीहरू,

नमस्ते

देश छाडेर विश्वका जुनै मुलुक गए पनि अरू थोक नसके पनि भाषा बचाउन कोशिस गरौं भन्ने लागेको छ ।

हामी अमेरिकाको न्यु ह्याम्सर राज्यबाट भाषा-सेवाको काम गर्दै आएका छौं  । हाम्रा काममा नेपाली-भाषा संरक्षणको काम पनि एउटा हो । यसका लागि नेपालमा पढाइने नेपाली किताब (कक्षा १-५), सुन्न-मिल्ने नेपाली बालगीत तथा कथा, बालसाहित्यका किताबहरू, क ..ख … सिकाउने सामग्री यहाँ छन्ः
https://www.dropbox.com/sh/nsdr2v8hvijtrfr/DW050kryw9

यी सामग्री हाम्रा होइनन् । हामीले संकलन मात्र गरेका हौं ।
आफ्ना साथी-भाईमाझ सक्दो बाँढौं ।

नमस्ते ।