For Nepali By Nepali - नेपाली को लागि नेपाली

info@nrna-germany.de

पर्यटन मन्त्रालयका सचिव लगायत प्रमुख पदाधिकारीहरु र एनआरएनएको केन्द्रिय नेत्रित्व बीच अन्तर्कृया सम्पन्न । - 07.03.2014

०७-०३-२०१४

नब राज रोस्यारा, बर्लिन जर्मनी

tourism program of nrnaगैर आबासीय नेपालि संघ (एनआरएनए) का केन्द्रिय अध्यक्ष्य  शेष घलेको प्रमुख आतिथ्यता र नेपाल सरकार पर्यटन मन्त्रालयका सचिवको   बिशिस्ठ अतिथ्यतामा एनआरएनए जर्मनी  क्षेत्रीय समन्वय परिषद बर्लिन ब्राण्डेनबुर्गले  एक अन्तरक्रिया कार्यक्रम सम्प्पन्न गरेको छ।

एनआरएनए का केन्द्रीय महासचिव कुमार पन्त, महामहिम कार्यबाहक राजदुत प्रकाश मणि पौडेल, एनआरएनएका केन्द्रिय सल्लाहकार  दिल बहादुर गुरुङ अतिथिको रुपमा उपस्थित रहनु भएको अन्तरक्रिया कार्यक्रमको सभापतित्व  एनआरएनए जर्मनीका बरिष्ठ उपाध्यक्ष तथा पर्यटन, संस्कृती तथा बस्तु ब्यापार प्रबर्धन समिति जर्मनी का संयोजक  नब राज रोस्याराले गर्नु भएको थियो भने संचालन   एनआरएनए जर्मनी क्षेत्रीय समन्वय परिषद बर्लिन ब्राण्डेनबुर्गका सचिव राजेस सुनारले गर्नु भएको थियो ।

नेपालको  पर्यटन क्षेत्रलाई एनआरएनहरुले विदेश बाट कसरि सहयोग पुर्याउन सक्छन ? भन्ने छलफलको मुख्य बिषयमा बोल्दै अद्ध्यक्ष शेष घलेले पर्यटन मन्त्रालय सँग ब्यापक छलफल गरि त्यस्का आधारमा बनेका योजनाहरुलाई  पूर्ण कार्यन्वयन गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भएको थियो । बिसिष्ठ अतिथि को रुपमा रहनु भएका पर्यटन मन्त्रालयका  सचिव  तथा टुरिजम बोर्ड का बोर्ड डिरेक्टर सुभाष निरौलाले पनि एनआरएन संग सहकार्य गरेर आफ्नो देशमा पर्यटक भित्र्याउने बिषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउदै आगामी दिनमा योजना सहितको सहकार्यको बाताबरण तयार पारीने  कुरा ब्यक्त गर्नु भएको थियो।

अन्तर्कृया कार्यक्रमका अतिथि  तथा एनआरएनए का केन्द्रीय महासचिव कुमार पन्तले विदेशमा रहका नेपालीहरु आफै पनि नेपालको पर्यटक बन्न सक्ने उल्लेख गर्दै एनआरएनए ले आगामी दिनहरुमा त्यस सम्बन्धि बिशेष ल्याउने बताउनु भएको थियो।  साथै पर्यटन क्षेत्रमा लागानीको आबस्यकतालाई पनि उहाले प्रकाश पार्नु भएको थियो।

अन्तर्कृया  कार्यक्रमको आयोजना बर्लिन स्थित रेस्टुरेण्ट बुद्ध हाउसमा सम्पन्न्न गरिएको थियो।   नेपालबाट आएका सबै पाहुनाहरुलाई खान तथा पिउने ब्यबस्था   रेस्टुरेण्ट  बुद्ध हाउस संचालक दिल गुरुङले निशुल्क रुपमा गरिदिनु भएको थियो।  यसका लागि उहालाई एनआरएन जर्मनीले हार्दिक आभार ब्यक्त गरेको छ। एनआरएनए जर्मनीको संस्थापक अद्ध्यक्ष समेत रहनु भएका गुरुङ जर्मनीमा सबै भन्दा पुराना र बिरिष्ठ समाजसेवी व्यक्तित्वको रुपमा मानिनु हुञ्छ।   कार्यक्रममा अतिथिको रुपमा बोल्दै उहाले „आफ्नो साथि नेपाल पाठाऔ“ भन्ने कार्यक्रमको आबस्यकता माथि प्रकास पार्नु भएको थियो।

बर्लिन स्थित नेपाली राजदुत(कार्य बाहक) प्रकाश मणी पौडेलले जर्मनीमा बसोबास गर्दै आएका नेपाली सँग शाहअकार्य गरेर जानु पर्ने कुरामा जोड दिनुभएको थियो ।  कार्यक्रमका अन्य बक्ताहरुमा दुताबासकै राजेन्द्र स्थापित, एनआरएनए जर्मनीका संस्थापक महासचिव केदार प्रधान, अन्तरास्ट्रीय कलाकार मंचको तर्फबाट चन्द्र श्रेष्ठ हुनु हुन्थ्यो । एनआरएनए जर्मनीको संस्थापक समेत रहनु भएका राजेन्द्र स्थापित ले पहिलो पल्ट संस्था दर्ता गराउनमा निकै कठिनाइ भोग्नु परेको कुराको समरण गराउदै नया कार्यसमिति लाइ पुनार्दर्ता गराएर  संस्थागत रुपमा अघि बढ्नु पर्ने कुरामा प्रकास पार्नु भएको थियो।

कार्यक्रममा उपस्थित सबैलाई  डा० जय कृष्ण ठाकुरले  आफ्नो मन्तब्य मार्फत स्वागत गर्नु भएको थियो।  कार्यक्रमको दोश्रो चरणमामन्त्रालयका सचिव, टुरिज्म बोर्ड डिरेक्टर, अध्यक्ष शेष घले तथा केन्द्रीय महासचिव कुमार पन्तलाई प्रश्न सोध्ने- प्रश्नोत्तर- कार्यक्रम राखिएको थियो त्यसमा नेपाली बिद्ध्यार्थीहरुले सक्रियताका साथ भाग लिएका थिए।

अन्त्यमा कार्यक्रमको समापन गर्दै बरिष्ठ उपाध्यक्ष नब राज रोस्याराले एनआरएनएको „आफ्नो साथि नेपाल पठाउ“ भने आह्वान अन्तर्गतनै जर्मनीका विभिन्न व्यक्तित्वहरु संग मिलेर सबैको संयुक्त प्रयासमा नेपालको खप्तड रारालेक क्षेत्रमा पर्यटन बिकासको लागि जर्मन पर्यटक पठाउने काम भैरहेको र त्यसले त्यो क्षेत्रका जनताहरु निकै उत्साहित भैरहेको जानकारी दिनु भएको थियो।