For Nepali By Nepali - नेपाली को लागि नेपाली

info@nrna-germany.de

पाँचौ राष्ट्रिय अधिवेशन, ५ सेप्टेम्बर २०१५ मा, निर्वाचन आयोगको तर्फबाट प्रस्तुत प्रतिवेदन

पाँचौ राष्ट्रिय अधिवेशन, ५ सेप्टेम्बर २०१५ मा, निर्वाचन आयोगको तर्फबाट

प्रमुख निर्वाचन आयुक्त

सन्तोष कुमार भट्टराई द्वारा प्रस्तुत

प्रतिवेदन

 

 
पाँचौ राष्ट्रिय अधिवेशनका सभाध्यक्ष महोदय,

तथा एन सि सि जर्मनीका निवर्तमान अध्यक्ष श्रीमान हरेन्द्र वनेमज्यू,
श्रीमान प्रमुख अतिथी,कार्यवाहक राजदूत महामहिम प्रकाश मणि पौडेलज्यू,

विशेष अतिथी माननीय सभासद श्रीमान शेर धन राईज्यू,
विशेष अतिथी आई सि सि माहासचिव श्रीमान  कुमार पन्तज्यू,

आई सि सि सल्लाहकार श्रीमान दिल बहादुर गुरूङज्यू

क्षेत्रीय संम्योजक, श्रीमान अर्जुन कुमार श्रेष्ठज्यू,
श्रीमान उच्च स्तरीय सहमतिय आयोगका संम्योजक, सहसंम्योजक तथा सदस्यज्यूहरू,

श्रीमान आई सि सि सदस्यज्यू ,
श्रीमान निवर्तमान अध्यक्षज्यू, एन सि सि जर्मनी
श्रीमान संरक्षकज्यूहरू, एन सि सि जर्मनी
श्रीमान निर्वाचन आयोगका आयुक्तज्यूहरू ,
श्रीमान सल्लाहकारज्यूहरू , वुद्दीजिबीबर्गहरू,
श्रीमान एन सि सि का पदाधिकारीज्युहरू ,
श्रीमान विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीज्यूहरू ,
श्रीमान एल सि सि का पदाधिकारीज्युहरू ,
श्रीमान निर्वाचन अधिकृतज्यूहरू ,
श्रीमान कलाकार तथा संचारकर्मि मित्रहरू ,
सम्पूर्ण दिदी बहिनी, दाजु भाई तथा एन आर एन मित्रहरूमा

म सन्तोष भट्टराई र निर्वाचन आयोग २०१५, एन सि सि जर्मनीको तर्फबाट हार्दिक अभिवादन।

 
अध्यक्ष महोदय,

 

२० जुलाई २०१५, हाम्वुर्ग मा भएको एन सि सि जर्मनीको साधारणसभामा भएको छलफल र ३० जुलाई २०१५ मा बसेको एन सि सि जर्मनीको कार्यसमितिको स्काईप बैठकले गरेको निर्णय अनुरूप ५ सेप्टेम्बर २०१५ म्यूनिख मा हुने अधिवेशन र कार्यसमितिको निर्वाचन समेत सहजरूपमा सम्पन्न गर्न गठित उच्च स्तरीय सहमतिय आयोग र निर्वाचन आयोगले आफ्नो कार्य संम्पन्न गरी सकेकाछन्।

मेरो नेतृत्वमा गठन गरीएको निर्वाचन आयोगको तर्फबाट साधारणसभामा सहभागी सम्पूर्ण मित्रहरू, एन सि सि १३-१५ का कार्य समितीका पदाधिकारी साथिहरू तथा एन आर एन मित्रहरूमा तपाईहरूको विश्वाश र हामिलाई दिईएको ज़िम्मेवारी प्रति हार्दिक आभार प्रकट गर्दै, म यस आयोगले निर्वाचनका वेला गरेको कामहरूको बिवरण सहित निर्वाचनको प्रतिवेदन राख्ने अनुमति चाहान्छु।

सर्वप्रथम म यस आयोगका रहेर कार्य गर्नुहुने निर्वाचन आयुक्तज्यूहरू,

१    प्रमुख निर्वाचन आयुक्त       – श्री संन्तोष कुमार भट्टराई
२    निर्वाचन आयुक्त                – श्री दावा गेल्जे शेर्पा
३  निर्वाचन आयुक्त                  – श्री दयाराम पौड्याल
४  निर्वाचन आयुक्त                  – श्री सूर्य तिवारी
५  निर्वाचन आयुक्त                  – श्री चन्द्र श्रेष्ठ
तथा निर्वाचन अधिकृतज्यूहरू,
१    श्री शिव कुमार श्रेष्ठ            ( हाम्वुर्ग )
२    श्री शिव श्रेष्ठ                     ( मुन्सटर )

लाई समेत बिशेष धन्यवाद दिन चाहान्छु। उॅहाहरूको सकारात्मक तथा कृयशिल सहयोगका कारण यस आयोगको कार्य सहज बन्न पुगेकोछ।

अतिनै छोटो समयमा सम्पन्न गर्नुपर्ने यस निर्वाचन प्रकियामा हामि लाई विश्वाश गर्नुहुने र हाम्रो कार्य सहज गराई दिनुहुने कार्यसमितीका साथिहरू, उम्मेदवार तथा मतदाता मित्रहरूमा धन्यवाद व्यक्त गर्न चाहान्छु। निर्वाचनका समयमा आफ्नो अमूल्य समय दिएर निर्वाचनका सूचना तथा जानकारी हरू भेवसाईट मा राखेर सहयोग गर्नु हुने डा. श्री जय कृष्ण ठाकुर लगायत सवै साथीहरूमा पनि आभार व्यक्त गर्न चाहान्छु। प्रिन्ट, डिज़ाइन लगायत मिडिया संम्बन्धी काममा सहयोग गर्नु हुने भाई दिनेश गौतम, त्यस्तै विधान संशोधन मस्यौदा समितीका संयोजक श्री पुष्प थापा लगायत, सहमतिका आधारमा कार्यसमिति गठन गर्न बिशेष भूमिका खेल्नुहुन अग्रज तथा उच्च स्तरीय सहमतिय आयोगका संयोजक श्री राम प्रताप थापा, सहसंयोजक श्री दिल बहादुर गुरूङ , सदस्दज्यूहरू NRNA-ICC माहासचिव श्री कुमार पन्त, श्री सन्तोष भट्टराई, श्री दावा गेल्जे शेर्पा, श्री पुष्प थापा, श्री हरेन्द्र वनेम र श्री विजय मोक्तान लाई पनि धन्यवाद दिन चाहान्छु।

निर्वाचन केन्द्रीकृत वा क्षेत्रगत रूपमा संम्पन्न गर्ने भन्ने मुख्य सवालका विचमा आफ्नो कार्य गरीरहेको निर्वाचन आयोगलाई, सहमतिको बातावरण तयार गरी उच्च स्तरिय सहमतिय आयोगले विशेष भूमिका खेल्दै सहज बनाई दिएकोछ।

§१.       निर्वाचन  आयोगको  सुचना :-

क) ५ अगस्त २०१५ मा निर्वाचन आयोगले निर्वाचन नियमावलि, निर्देशिका तथा कार्यतालिका     बनाई छलफलको लागी उच्च स्तरिय सहमतिय आयोग, निर्वाचन आयोग तथा एन सि सि का            पदाधिकारीहरू समक्ष पठाईएको थियो।
ख)        यसरी छलफलका क़ममा प्राप्त सुझावहरूलाई समेत समेटेर ६ अगस्त २०१५ मा निर्वाचन      आयोगले, निर्वाचन नियमावलि, निर्देशिका तथा कार्यतालिका बनाई सबैको जानकारीका लागी             सार्वजनिक रूपमा प्रकाशित गरेको थियो।
ग)        यस्का अतिरिक्त पटक पटक एल सि सि कोअोर्डिनेटरज्युहरू, उम्मेदवार तथा          मतदाताज्युहरू को जानकारीका लागी सुचना प्रकाशित गर्नुका साथै भेवसाईट ( Webseit ) मा         राख्ने काम समेत गरीएको थियो।

§२.      १.        निर्वाचन कार्यतालिका :-

 

क)        २० अगस्त २०१५ को साँझ २० वजे सम्ममा एन सि सि जर्मनीको पंजीकृत सदस्यता            लिई सक्नुपर्ने छ।

 

ख)        २० अगस्त २०१५ गते साँझ २३ बजे भित्रमा सबै एल सि सि का कोअोर्डिनेटरज्यू हरूले     अनिवार्य रूपमा सदस्यहरूको पूर्ण बिवरण र शुल्क दाखिला गरेको व्यहोरा  समेत निर्वाचन              आयोगमा ईमेल मार्फत प्रमाणितगरी पठाउनु पर्ने छ।

 

ग)        निर्वाचन प्रयोजनकालागी तलको ईमेल प्रयोग गर्नु हुन सवैमा अनुरोध गरीएको थियो।

 

electioncommission15.17@gmail.com

 

 

ध)        २० अगस्त २०१५ गते साँझ २३ वजे भित्र एल सि सि संयोजक मार्फत निर्वाचन       आयोग लाई प्राप्त सदस्यता नामावलिलाई मात्र निर्वाचन प्रयोजनका निमित्त मान्यता दिईनेछ।

 

             २.       मतदाता  नामावलि  र दाबी बिरोध :

 

क)        २१ अगस्त २०१५ गते साँझ १८ वजे भित्र निर्वाचन आयोगले आँफूसंग प्राप्त मतदाता           नामावलि सार्वजनिक गर्ने छ।

 

ख)        २२ अगस्त २०१५ गते साँझ १८ वजे सम्ममा निर्वाचन आयोग द्वारा प्रस्तुत मतदाता            नामावलिमा भएका त्रुटि वा आफ्नो दावी बिरोध गर्न सकिनेछ। यस्तो दावी बिरोध निर्वाचन      आयोगको  ईमेल मार्फत गर्नु पर्नेछ।

 

ग)        यसरी प्राप्त दावी बिरोध उपर निर्वाचन आयोगले छानविन गरेर २३ अगस्त २०१५ भित्र     अन्तिम मतदाता नामावलि प्रकाशित गर्नेछ।

 

घ)        मतदाता नामावलिमा नभएका र रित नपुगेका सदस्यले कुनैपनि किसिमले निर्वाचन प्रकृयामा भागलिन पाईने छैन।

 

            ३.        उम्मेद्वारी  दर्ता , दावी  बिरोध  तथा  फिर्ता :

 

क)       ८ अगस्त २०१५, विहान १० वजे देखि १२ अगस्त २०१५, साँझ १८ वजे सम्म एन सि        सि जर्मनीको विधानले तोकेअनुसारको पद र संख्यामा योग्यता अनुसार निर्वाचन आयोगले             तोकेको ढाँचामातोकेबमोजिमको उम्मेद्वारी शुल्क वापतको रक़म संघको खातामा जम्मागरी             ईमेल मार्फ़त आफ्नो मनोनयनपत्र दर्ता गर्न सकिनेछ। उम्मेद्वारी शुल्क १२ गते जम्मा गरेपनि             १४ अगस्त २०१५ भित्रमा खातामा जम्मा हुन नसकेमा सो उम्मेद्वारी रद्द हुनेछ।

 

ख)        निर्वाचन आयोगले प्राप्त भएका मनोनयन पत्रलाई आवश्यक छानविन गरी पहिलो पटक       १६ अगस्त २०१५ गते साँझ १८ वजे भित्र उम्मेदवारको सूचि प्रकाशित गर्ने छ।

 

ग)        १८ अगस्त २०१५ साँझ १८ वजे भित्रमा कुनै पनि उम्मेदवारको उम्मेद्वारी उपर निर्वाचन     आयोग समक्ष ईमेल मार्फत उपयुक्त कारण सहित दावि बिरोध गर्न सकिनेछ।

 

घ)        यसरी प्राप्त दावि बिरोध उपर निर्वाचन आयोगले आवश्यक छानविन गरी २० अगस्त          २०१५ गते साँझ २१ वजे भित्र पुनः उम्मेदवारको सूचि प्रकाशित गरिने छ।

 

ङ)        २३ अगस्त २०१५ गते साँझ १८ वजे सम्ममा कुनै पनि उम्मेदवारले आफू यस निर्वाचन         प्रकृयाबाट अल्गिन चाहेमा आयोगले तोकेको ढाँचामा ईमेल मार्फत आफ्नो उम्मेद्वारी फिर्ता लिन            सकिने छ।

 

च)        तोकिएको समय भित्र आफ्नो उम्मेद्वारी फिर्तालिने उम्मेदवारको उम्मेदवारी शुल्क     पूर्णरूपमा फिर्ता हुनेछ।

 

छ)        २४ अगस्त २०१५, साँझ १८ वजे भित्र निर्वाचन आयोगले एन सि सि जर्मनीको विधानको    धारा ७ को १ वमोजिम आउदो २ बर्षे कार्यकालकालागी उम्मेदवारहरूको अन्तिम सूचि प्रकाशित    गर्नेछ।

 

ज)        कुनै पनि पदमा तोकिएको  संख्या भन्दा बढि उम्मेद्वारी  पर्न गएमा सो पदका लागी  निर्वाचन र माग अनुसार उम्मेद्वारी परेमा निर्विरोध भएको घोषणा ५ सेप्टेम्बर २०१५, म्यूनिखमा     हुने अधिवेशनमा गरीनेछ।

 

            ४.        मतदानको  समय र केन्द्र :-

 

आवश्यकता अनुसार २५ अगस्त २०१५, साँझ १८ वजे भित्र निर्वाचन आयोगले मतदान क्षेत्र,           मतदान केन्द्रमिती र मतदानको समय प्रकाशित गर्नेछ।

 

            ५.        निर्वाचन संम्बन्धि सम्पूर्ण बिषयमा निर्वाचन आयोगले निर्वाचनको वेला गरेको निर्णय          अन्तिम हुनेछ।

 

६.        मनोनयन   :-

 

क)        प्रत्येक उम्मेदवारले आफ्नो उम्मेद्वारी फारममा १ जना  परस्तावक र १ जना समर्थकको         हस्ताक्षर सहित निवेदन पेश गर्नुपर्नेछ।

 

ख)        कुनै पनि व्यक्ति एक भन्दा बढि उम्मेदवारको प्रस्तावक वा समर्थक हुन पाईने छैन।    अन्यथा ति उम्मेदवारहरूको उम्मेद्वारी रद्द हुनेछ।

 

ग)        प्रस्तावक र समर्थकहरू अनिवार्य रूपमा यस संघको पंजीकृत सदस्यभई , त्यसको प्रमाण       समेत पेश गर्नु पर्नेछ।

 

ध)        उम्मेदवारले आफूले उम्मेद्वारी दिनचाहेको पदकालागी निर्वाचन आयोगले तोकेको उम्मेद्वारी             शुल्क तिरेको प्रमाण पनि निवेदन साथ पेश गर्नु पर्नेछ।

 

ङ)        तोकिएको समय भित्रमा आफ्नो उम्मेद्वारी फिर्तालिने उम्मेद्वारको उम्मेद्वारी शुल्क      पुर्ण       रूपमा फिर्ता हुनेछ।

 

च)        उम्मेद्वार र मतदाताहरूले एन आर एन ए, आई सि सि र एन सि सि जर्मनीको विधान            तथा निर्वाचन आयोगले तोकेको आचार संहिता र निर्देशिका पूर्ण रूपमा पालनगर्नु पर्नेछ।

 

  • ३. निर्वाचन संम्वन्धी  आचार  संहिता :-

 

क)        २० अगस्त २०१५, साँझ २१ वजे भित्रमा २ बर्षको सदस्यता शुल्क यूरो १० र फोटो सहित   तोकिएको ढाँचामा सदस्यता फारमभरी एल सि सि कोअोर्डिनेटर समक्ष बुझाई सक्नुपर्नेछ।

अनुसुचि १ –  सदस्यता फारम

 

ख)        निर्वाचनको समयमा सदस्यको परिचय संम्वन्धी कुनै समस्या पर्नगएमा निर्वाचन      अधिकृत र एल सि सि को अोर्डिनेटरले निर्णय गर्नसक्ने छन्।

 

ग)        विधानले तोकेवमोजिम कुनै पनि राजनैतिकधार्मिक वा जातिय संघ संस्थाको निर्णायक       पदमा बसेका व्यक्तिहरूले यस संस्थाको  आई सि सि सदस्य र एन सि सि अध्यक्ष पदको     निर्वाचनमा उम्मेद्वार हुन पाईने छैन। तर आफू बहाल रहेको पदबाट सार्वजनिक रूपमा राजिनामा         दिई स्वीकृति समेत भईसकेको अवस्थामा यो दफा लागुहुने छैन।

 

ध)        उम्मेद्वारी दर्ता  गर्ने समय  सकिए  पछि  एक पदमा  उम्मेद्वारी  दिएको  व्यक्तिले       अर्को पदमा आफ्नो उम्मेद्वारी  सार्न पाईने  छैन।

 

ङ)        सदस्यता  फारम  निर्वाचन  लाई प्रभाव  पार्ने  गरी सामूहिक  वा दलगत  रूपमा

कसैले  कसैका लागी  भर्न भराउन  पाईने  छैन।

च)        नगद सदस्यता शुल्क तिर्ने सदस्यहरूले रकम बुझाएको भर्पाई अनिवार्य रूपमा लिनु पर्नेछ। एल सि सि कोअोर्डिनेटरज्युहरूले पनि शुल्क तिरेको भर्पाई दिनुका साथै निर्वाचन       आयोगमा तोकिएको समय भित्रमा सदस्यहरूको विवरण पठाई सक्नु पर्नेछ।

 

छ)        मतदाता नामावलिमा भएको नाम रूजूगर्न मतदान अधिकृतलाई अनिवार्य रूपमा आफ्नो      परिचयपत्र देखाउनु पर्नेछ।

 

ज)        निर्वाचन आयोगले तोकेको क्षेत्रमा तोकिएका क्षेत्रका सदस्यहरूले मात्र मतदान गर्न   पाउनेछन्।

 

झ)        मतदानलाई प्रभाव पार्ने उदेश्यले कुनैपनि सदस्यको सदस्यता शुल्क अर्कों सदस्यले तिर्न         पाईने छैन।

  • ४. पद , पद संख्या तथा  उम्मेद्वारी  शुल्क :-

 

एन आर एन ए, एन सि सि जर्मनीको विधान २००५ को अन्तिम संशोधन २०१५ को             धारा ७ को १ विमोजिम निम्न लिखित पद तथा पदसंख्या भएकाले सो वापत लाग्ने उम्मेद्वारी             शुल्क निम्न वमोजिम तोकिएको छ ।

 

पद                                           पदसंख्या                                  उम्मेद्वारी शुल्क

 

अध्यक्ष                          १                                             १००० €

उपाध्यक्ष                                   ३                                             ७५० €

माहासचिव                               १                                             ७५० €

सचिव                                      १                                             ५०० €

कोषाध्यक्ष                                 १                                             ५०० €

महिला प्रतिनिधि                       १                                             २०० €

युवा प्रतिनिधि               १                                             २०० €

 

 

क्षेत्रगत रूपमा २ जनाका दरले सदस्यहरू जम्मा १२ जना गरी २१ जनाको कार्यसमिति हुनेछ।

 

हाम्बर्ग                         २                                             १५० €

बृमेन                                        २                                             १५० €

एन आर भे                                २                                             १५० €

हेसेन                                        २                                             १५० €

वार्यन                                       २                                             १५० €

वर्लिन                                      २                                             १५० €

 

आई सि सि सदस्य कम्तिमा         १                                 जना      १००० €           र,

 

१००० पंजीकृत सदस्य बराबर १ का दरले वढिमा ५ जना सम्म रहन सक्ने व्यवस्था अन्तराष्ट्रिय         संमन्वय समितीले गरेकोछ। यो संख्याको तय अन्तिम मतदाता नामावलि प्रकाशित भए पछी    हुनेछ।

  • . निर्वाचन  क्षेत्र विभाजन  र निर्वाचन  अधिकृतहरू :-

 

निर्वाचन प्रयोजनका निम्ती निम्न विमोजिमको निर्वाचन क्षेत्र तोकिएको छ। आवश्यकता        अनुसार निर्वाचन आयुक्तले प्रमुख निर्वाचन आयुक्तको अनुमतिमा आफ्नो क्षेत्रमा निर्वाचन        अधिकृत तोक्न सकिनेछ।

 

निर्वाचन क्षेत्र नं १ :

 

हाम्बर्ग र स्लेसभिक होल्सटाईन

निर्वाचन आयुक्त : सन्तोष भट्टराई

 

निर्वाचन क्षेत्र नं २ :

 

वृमेन, निदरज्याकसेन

निर्वाचन आयुक्त : दावा गेल्जे शेर्पा

 

निर्वाचन क्षेत्र नं ३ :

 

नर्डराईन भेष्टफालन

निर्वाचन आयुक्त : दयाराम पौडेल

 

निर्वाचन क्षेत्र नं ४:

 

हेसेन,  राईनल्याण्डफाल्स ,  सारल्याण्ड,  टुरिड़गेन

निर्वाचन आयुक्त : चन्द्र श्रेष्ठ

 

निर्वाचन क्षेत्र नं ५

 

बादेनभूटेनवर्ग,  वायर्न, जाक्सेन

निर्वाचन आयुक्त : सूर्य तिवारी

 

निर्वाचन क्षेत्र नं ६

 

वर्लिन , व्रान्डेनवर्ग,  मेकलेनवर्ग फोरपोमान

ज्याकसेन आनहाल्ट

निर्वाचन आयुक्त : दावा गेल्जे शेर्पा
§६.      निर्वाचनको  शिलशिला  र  उम्मेदवारहरू  :-

क)        ८ अगस्त २०१५ विहान १० बजे देखि १२ अगस्त साँझ १८ बजे सम्म पाँचौ एन सि सि        जर्मनीको कार्यसमिति २०१५-२०१७ को कार्यकालकालागी उम्मेद्वारी दर्ता गर्ने समय तोकिएको    थियो। अनुसुचि २ उम्मेद्वारी दर्ता फारम
ख)        यस क़ममा उम्मेद्वारी शुल्क बढि भयो भन्नेदेखि सदस्यता बितरणको समय र उम्मेद्वारी          दिने समय समेत बढाउनु पर्छ भन्ने सम्मका प्रस्ताव आए पनि समयको अभावका कारण          तोकिएको निर्धारित कार्यतालिका अनुरूप नै प्रकृया अघि बढाईएको थियो।
ग)        उम्मेद्वारी दर्ता गर्ने अन्तिम समय सम्ममा निम्न लिखित उम्मेद्वारीको आवेदन प्राप्त      भएको   थियो। अनुसुचि ३ उम्मेद्वारको सुचि
अनुसुचि २ उम्मेद्वारी दर्ता फारम

 

पाँचों  राष्ट्रिय  अधिवेशन  जर्मनी  २०१५ को कार्यसमितिको  निर्वाचनका  लागी

उम्मेद्वारी पत्र

 

उम्मेद्वारी दिन चाहेको पद :-

 

  उम्मेद्वारको नाम, थर  
  जन्म मिती  
  ठेगाना  
  फोन नंम्बर  
  ईमेल  
  सदस्यता प्राप्ति मिती  
  यस अघि काम गरेको पद  
  सदस्यता शुल्क बुझाएको मिती  
  उम्मेद्वारी शुल्क बुझाएको मिती  
  शुल्क  

 

प्रस्तावकको नाम थर     समर्थकको नाम थर  
ठेगाना     ठेगाना  
फोन नंम्बर     फोन नंम्बर  
ईमेल     ईमेल  
सदस्यता प्राप्ति मिती     सदस्यता प्राप्ति मिती  
सदस्यता शुल्क बुझाएको मिती     सदस्यता शुल्क बुझाएको मिती  
दस्तखत     दस्तखत  

 

म कर्तव्यनिष्ठ भई यस संस्थाको १५-१७ को कार्यकालकालागी                                                                            पदमा बसि काम गर्न इच्छुक भएकोले संघको विधान र निर्वाचन निर्देशिकाको अधिनमा रही कुनै पनि व्यक्ति वा समूहको प्रलोभनमा नपरी अन्तरआत्माबाट, उम्मेद्वारी शुल्क वापत लाग्ने दस्तूर यूरो                     सहित यो मनोनयन पत्र पेश गरेको छु।

 

 

____________________

मिति :                                                                                                                                                          उम्मेद्वारको दस्तखत

 

समर्थक, प्रस्तावक र उम्मेदवारले सदस्यता शुल्क वापत यूरो १० का दरले र उम्मेदवारले उम्मेद्वारी शुल्क वापत यूरो                                     बुझाएको ब्यहोरा प्रमाणित गर्दछु।

 

 

____________________________                                                                                           ____________________________________

दस्तखत एल सि सि कोअोर्डिनेटर                                                                            दर्ता प्रमाणित गर्ने ( प्रमुख निर्वाचन आयुक्त )            अनुसुचि ३ उम्मेद्वारको सुचि

 

 

उम्मेद्वारको सुचि

 

पदसंख्या  १ आई सि सि सदस्य रित   पदसंख्या  १ युवा प्रतिनिधि रित
  Surendra Pradhan       Dr. Jay Krishna Thakur  
  Tanka Lamsal          
  Binod Adhikari     पदसंख्या  २ सदस्य क्षेत्र नं. १ रित
          Vijay Shahi  
पदसंख्या  १ अध्यक्ष रित     Kedar Prasad Gajurel  
  Nabraj Rosyara          
        पदसंख्या  २ सदस्य क्षेत्र नं. २ रित
पदसंख्या  उपाध्यक्ष रित     Kaji Rana  
  Narayan Adhikari          
  Ranbahadur Saud          
  Prem Chandra Pomu     पदसंख्या  २ सदस्य क्षेत्र नं.३ रित
  Aamala Dahal          
  Prakash Lohani          
पदसंख्या  १ महासचिव रित   पदसंख्या  २ सदस्य  क्षेत्र नं. ४ रित
  Prem  Singh Gurung          
  Laba Thapa          
             
पदसंख्या  १ सचिव     रित पदसंख्या  २ पदसंख्या  २ सदस्य क्षेत्र नं. ५ रित
  Krishna Devkota       Dinesh Gautam  
             
पदसंख्या  १ कोषाध्यक्ष रित        
  Binay Gurung     पदसंख्या  २ सदस्य क्षेत्र नं.६ रित
          Rajesh Bahadur Sunar  
पदसंख्या  १ महिला प्रतिनिधि रित        
  Impress Singh          

 

 

 

Election Commission

घ)        यसरी उम्मेद्वारी दर्ता गर्ने उम्मेदवारले निम्न बमोजिम उम्मेद्वारी शुल्क बुझाउनु भएको

थियो। अनुसुचि ४ उम्मेद्वारी शुल्क

ङ)        उम्मेद्वारीसुचि उपर दाबी बिरोध गर्न १८ अगस्त २०१५ साँझ १८ बजे सम्म तोकिए            बमोजिम निम्न लिखित उजुरी परेको थियो। अनुसुचि ५ उजुरी

च)        यसरी प्राप्त उजुरी उपर आवश्यक छानविन गरी निर्वाचन आयोगले निम्न अनुसारको             उम्मेद्वारको सुचि २० अगस्त २०१५ मा प्रकाशित गरेको थियो भने २३ अगस्त २०१५ साँझ १८              बजे सम्ममा कुनै पनि उम्मेदवारले आफ्नो उम्मेद्वारी फिर्तालिन सकिने समय तोकिएको थियो।
छ)        एन सि सि जर्मनीको विधान २००५ को अन्तिम संशोधन २०१५ को धारा ७ को १    वमोजिमका पदहरूमा, मतदान प्रयोजनका निम्ती रितपुगेका र समय भित्र सदस्यता लिई

सकेका वा नविकरण गरी सकेका सदस्यहरूको मतदातानामावलि २१ अगस्त २०१५ मा प्रकाशित    गरीएको थियो।

अनुसुचि ५.१ उजुरी

 

श्रीमान प्रमुख निर्वाचन आयुक्त ज्यु तथा निर्वाचन आयोगका सदस्य ज्यूहरू,

गैरआवासीय नेपाली संघ,

राष्ट्रिय समन्वय परिषद,

जर्मनी ।

 

बिषय :- २०१५/२०१७ को उम्मेदवारको बारेमा ।

 

महोदय,

 

उक्त बिषयमा यो निवेदन गर्न चाहान्छु कि ,एनआरएनए जर्मनीको पाँचौ राष्ट्रिय अधिवेशनका प्रमुख निर्वाचन आयुक्त साथै सो निर्वाचन आयोगका सदस्य ज्यूहरूमा अनुरोधकासाथ यो निवेदन पेश गर्दछु । गत १२-अगष्ट, २०१५ मा आउदो ५-सेप्टेम्बर,२०१५ मा हुनगई रहेको पाँचौ अधिवेशन (२०१५ देखि २०१७ सम्म) का लागि अर्थात आउदो कार्यकालको लागि संघको विधान धारा ७ को उपधारा १ बमोजिम मैले आफ्नो उम्मेदवार वरिष्ठ उपाध्यक्षमा दिएको हो । तर सो उम्मेदवारी पदलाई निर्वाचन कमिटीले उपाध्यक्ष मात्रै भनेर सुचना प्रकाशित गर्नु भएकोमा सो सुचना प्रति मेरो आपत्ति छ । उक्त सुचना संघको विधानमा उल्लेखित प्रजातान्त्रिक मूल्य र मान्यता बिपरित गएर प्रकाशित गरिएको ठहर गर्दछु ।

 

तसर्थ सो वरिष्ठ उपाध्यक्ष उम्मेदवारको पदलाई पुन: एक पटक सच्याएर प्रकाशित गरि दिनहुन प्रमुख निर्वाचन आयुक्त ज्यु साथै निर्वाचन आयोगका सदस्य ज्युहरुसंग हार्दिक अनुरोध गर्दछु ।

 

प्रेम पोमु

२०१५ /२०१७ उम्मेदवार वरिष्ठ उपाध्यक्ष,

वर्तमान महासचिव

एनआरएनए,जर्मनी

 

 

 

 

 

Recived on 19.08.2015, 11.35 AM

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

अनुसुचि ५.२ पुन: उम्मेद्वारको सूचि

 

 

श्रीमान संयोजकज्यू उच्च स्तरीय सहमतिय आयोग

श्रीमान सहसंयोजकज्यू तथा सदस्यज्यूहरू,

श्रीमान निर्वाचन आयोगका सदस्यज्यूहरू र

एन आर एन मित्रहरू,

 

आगामी २०१५-२०१७ को कार्यकालकालागी हुन गईरहेको एन सि सि जर्मनीको कार्यसमितिको निर्वाचनका लागी उम्मेद्वारी दिनुहुने उम्मेद्वारहरूको नामावलि यस प्रकार रहेको छ। यस सुचिमा हुनुभएका उम्मेद्वारहरू उपर ठोस प्रमाण सहित दाबि बिरोध गर्न १८ अगस्त २०१५ साँझ १८ बजे सम्म तोकिएकोमा समय भित्र कुनै पनि उजुरी नपरेको हुँदा, रित नपुगेका उम्मेदवारहरूको मात्र उम्मेद्वारी रद्द गरी पुनः उम्मेद्वारीको सुचि प्रकाशित गरीएको छ। यो सुचिमा रहनु भएका उम्मेद्वारहरूले २३ अगस्त २०१५ साँझ १८ बजे भित्रमा आफ्नो उम्मेद्वारी, तोकिएको फारम भरी फिर्तालिन सक्नुहुनेछ। उम्मेदवारी फिर्ताको समय सकिएपछि, निर्वाचन आयोगले अध्याबधिक गरी २४ अगस्त २०१५ मा पुन उम्मेद्वारको अन्तिमसूचि प्रकाशित गर्नेछ। त्यो सुचि नै निर्वाचन प्रयोजनका लागी अन्तिमसुचि हुनेछ।

पदसंख्या  १ आई सि सि सदस्य रित   पदसंख्या  १ युवा प्रतिनिधि रित
  Surendra Pradhan पुगेको     Dr. Jay Krishna Thakur पुगेको
  Tanka Lamsal पुगेको        
  Binod Adhikari पुगेको   पदसंख्या  २ सदस्य क्षेत्र नं. १ रित
          Vijay Shahi पुगेको
पदसंख्या  १ अध्यक्ष रित     Kedar Prasad Gajurel पुगेको
  Nabraj Rosyara पुगेको        
        पदसंख्या  २ सदस्य क्षेत्र नं. २ रित
पदसंख्या  उपाध्यक्ष रित     Kaji Rana पुगेको
  Narayan Adhikari पुगेको       पुगेको
  Ranbahadur Saud पुगेको        
  Prem Chandra Pomu पुगेको   पदसंख्या  २ सदस्य क्षेत्र नं.३ रित
             
पदसंख्या  १ माहासचिव रित        
  Prem  Singh Gurung पुगेको        
        पदसंख्या  २ सदस्य  क्षेत्र नं. ४ रित
पदसंख्या  १ सचिव     रित        
  Krishna Devkota पुगेको        
             
पदसंख्या  १ कोषाध्यक्ष रित पदसंख्या  २ पदसंख्या  २ सदस्य क्षेत्र नं. ५ रित
          Dinesh Gautam पुगेको
             
पदसंख्या  १ महिला प्रतिनिधि रित        
  Impress Singh  पुगेको   पदसंख्या  २ सदस्य क्षेत्र नं.६ रित
          Rajesh Bahadur Sunar पुगेको
             

 

 

पुनश्च :

 

निम्नलिखित उम्मेदवारको नाम सुचिबाट निम्नलिखित कारणले हटाईएको व्यहोरा समेत जानकारी गराउँदछु।

 

१. अमला दाहाल              पद उपाध्यक्ष

उम्मेदवारी दर्ता                 १२.०८.२०१५ – २३.१६ बजे

शुल्क नबुझाएको र उम्मेदवारी समेत फिर्ता लिईसकेको   १६.०८.२०१५

२. प्रकाश चन्द्र लोहनी        पद उपाध्यक्ष

उम्मेदवारी दर्ता                 ०८.०८.२०१५                मा निवेदन

र पुन:                             १४.०८.२०१५                मा दर्ता।

उम्मेदवारी फारम प्रस्तावक र समर्थकको हस्ताक्षर बिना १ पटक र पुनः हस्ताक्षर      सहित १४.०८.२०१५ मा दर्ता भएको।

उम्मेदवारी शुल्क               १३.०८.२०१५, १६.२२    बजे पठाई

प्रमाण                             १४.०८.२०१५                मा मात्र पेश गरेको।

सदस्यता शुल्क                  १३.०८.२०१५, १६.३१    बजे बुझाएको।

 

३. लव कुमार थापा क्षेत्री              पद माहासचिव

उम्मेदवारी दर्ता                          १४.०८.२०१५

उम्मेदवारी शुल्क                        १४.०८.२०१५ मा बुझाएको।

 

४. विनय गुरूङ                           पद कोषाध्यक्ष

उम्मेदवारी दर्ता                          १२.०८.२०१५   ईमेल पढ्न नसकइने गरी आएको।

उम्मेदवारी शुल्क नतिरेको र संम्पर्क गर्न ईमेल गर्दा समेत संम्पर्क हुन नसकेको।

 

५. बिनोद सुबेदी                         पद नखुलाएको।

उम्मेदवारी दर्ता                          १२.०८.२०१५

उम्मेदवारी फारम प्रस्तावक र समर्थकको हस्ताक्षर बिना पठाएको र शुल्क समेत नपठाएको।

 

मिती : २० अगस्त २०१५                                               निर्वाचन आयोगको तर्फबाट

सन्तोष कुमार भट्टराई

प्रमुख निर्वाचन आयुक्त

0173 5694671

 

 

ज)        २० अगस्त २०१५ साँझ २० बजे भित्रमा एल सि सि कोअोर्डिनेटरहरू मार्फत प्राप्त सुचि      र त्यसमाथि दावि बिरोध गर्न दिईएको समय २२ अगस्त २०१५ साँझ १८ बजे सम्म प्राप्त       उजुरीहरू लाई समेत समावेश गरी संशोधित रूपमा अन्तिम मतदाता नामावलि निर्वाचन        आयोगले निम्न वमोजिम प्रकाशित गरेको थियो।

 

अनुसुचि ६ मतदाता नामावलि (पूर्ण विवरणकोलागी अनुसुचि हेर्नुहोला।)

 

 

निर्वाचन क्षेत्र नं १ :

 

हाम्बर्ग र स्लेसभिक होल्सटाईन

सदस्य संख्या :- २६०

 

निर्वाचन क्षेत्र नं २ :

 

वृमेन, निदरज्याकसेन

सदस्य संख्या :- ३१

 

निर्वाचन क्षेत्र नं ३ :

 

नर्डराईन भेष्टफालन

सदस्य संख्या :- ५८

 

निर्वाचन क्षेत्र नं ४:

 

हेसेन,  राईनल्याण्डफाल्स ,  सारल्याण्ड,  टुरिड़गेन

सदस्य संख्या :- ७८

 

निर्वाचन क्षेत्र नं ५

 

बादेनभूटेनवर्ग,  वायर्न, जाक्सेन

सदस्य संख्या :- १६२

 

निर्वाचन क्षेत्र नं ६

 

वर्लिन , व्रान्डेनवर्ग,  मेकलेनवर्ग फोरपोमान

ज्याकसेन आनहाल्ट

सदस्य संख्या :- २५

( जम्मा सदस्य संख्या :-   ६१४ )

 

झ)        उम्मेद्वारी फिर्ता लिने समय भित्रमा निम्न लिखित उम्मेदवारले आफ्नो उम्मेद्वारी फिर्ता           लिएका थिए (अनुसुचि ८ उम्मेद्वारी फिर्ता) । २४ अगस्त २०१५ मा निर्वाचन आयोगले निम्न           अनुसारको उम्मेद्वारको अन्तिमसुचि प्रकाशित गरेको थियो। अनुसुचि ७ उम्मेद्वारको अन्तिम अनुसुचि ७.१ उम्मेद्वारको सुचि

 

 

पदसंख्या  १ आई सि सि सदस्य रित   पदसंख्या  १ युवा प्रतिनिधि रित
  Surendra Pradhan पुगेको     Dr. Jay Krishna Thakur पुगेको
  Tanka Lamsal पुगेको        
  Binod Adhikari पुगेको   पदसंख्या  २ सदस्य क्षेत्र नं. १ रित
          Vijay Shahi पुगेको
पदसंख्या  १ अध्यक्ष रित     Kedar Prasad Gajurel पुगेको
  Nabraj Rosyara पुगेको        
        पदसंख्या  २ सदस्य क्षेत्र नं. २ रित
पदसंख्या  उपाध्यक्ष रित     Kaji Rana पुगेको
  Narayan Adhikari पुगेको       पुगेको
  Ranbahadur Saud पुगेको        
  Prem Chandra Pomu पुगेको   पदसंख्या  २ सदस्य क्षेत्र नं.३ रित
             
पदसंख्या  १ माहासचिव रित        
  Prem  Singh Gurung पुगेको        
        पदसंख्या  २ सदस्य  क्षेत्र नं. ४ रित
पदसंख्या  १ सचिव      रित        
  Krishna Devkota पुगेको        
             
पदसंख्या  १ कोषाध्यक्ष रित पदसंख्या  २ पदसंख्या  २ सदस्य क्षेत्र नं. ५ रित
          Dinesh Gautam पुगेको
             
पदसंख्या  १ महिला प्रतिनिधि रित        
  Impress Singh  पुगेको   पदसंख्या  २ सदस्य क्षेत्र नं.६ रित
             
             

Election Commission
अनुसुचि ८ उम्मेद्वारी फिर्ता

 

निम्नलिखित उम्मेद्वारहरूले समय भित्र आफ्नो उम्मेदवारी फिर्तालिनु भएको थियो।
१.        अमला (कमला दाहाल)   पद उपाध्यक्ष                             १६ अगस्त २०१५
२.        राजेश बहादुर सुनार                  पद सदस्य बर्लिन                       १९ अगस्त २०१५
३.        प्रकाश चन्द्र लोहनी                पद उपाध्यक्ष                             २१ अगस्त २०१५

४.        टंक लम्साल                               पद आई सि सि सदस्य    २२ अगस्त २०१५
अनुसुचि ७.२ उम्मेद्वारको अन्तिमसुचि

पदसंख्या  १ आई सि सि सदस्य रित   पदसंख्या  २ सदस्य क्षेत्र नं. १ रित
  Surendra Pradhan पुगेको     Vijay  Bikram Shahi पुगेको
  Binod Adhikari पुगेको     Kedar Prasad Gajurel पुगेको
             
पदसंख्या  १ अध्यक्ष रित   पदसंख्या  २ सदस्य क्षेत्र नं. २ रित
  Nabraj Rosyara पुगेको     Kaji Rana पुगेको
             
पदसंख्या  उपाध्यक्ष रित        
  Prem Chandra Pomu पुगेको   पदसंख्या  २ सदस्य क्षेत्र नं. ३ रित
  Narayan Adhikari पुगेको        
  Ranbahadur Saud पुगेको        
             
पदसंख्या  १ माहासचिव रित   पदसंख्या  २ सदस्य  क्षेत्र नं. ४ रित
  Prem  Singh Gurung पुगेको        
             
पदसंख्या  १  सचिव     रित        
  Krishna Devkota पुगेको   पदसंख्या  २ सदस्य क्षेत्र नं. ५ रित
          Dinesh Gautam पुगेको
पदसंख्या  १ कोषाध्यक्ष रित        
             
      पदसंख्या  २ पदसंख्या  २ सदस्य क्षेत्र नं. ६ रित
पदसंख्या  १ महिला प्रतिनिधि रित        
  Impress Singh  पुगेको        
             
पदसंख्या  १ युवा प्रतिनिधि रित        
  Dr. Jay Krishna Thakur पुगेको        

 

 

 

 

 

 

           

Election Commission

 

अन्तराष्ट्रिय संमन्वय परिषद सदस्यका लागी २ जनाको उम्मेदवारी कायम रहेकाले, यस्को निर्वाचन प्रकृया प्रकाशित गरिने व्यहोरा सहित अन्य कार्यसमिति निम्न पदहरू सर्वसम्मत भएको जानकारी गराउँदछु।

            यसरी विविध समस्या तथा प्रतिकूल अवस्थाका वाबजुत उम्मेदवारहरूले देखाउनु भएको समझदारी, मतदाता तथा विभिन्न आयोग र समितिमा रहेर काम गर्नुहुने व्यक्तित्वहरूको सहयोगमा संम्पन्न यस निर्वाचन प्रकियामा निम्न लिखित सदस्यहरूलाई आगामी कार्यकाल २०१५-२०१७ को लागी सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु।
 

अनुसुचि ९ निर्विरोध निर्वाचित पदाधिकारीहरू

 

१.        नवराज रोस्यारा                         अध्यक्ष                             निर्विरोध

२.        प्रेम पोमु                                    उपाध्यक्ष                          निर्विरोध

३.        रण बहादुर साउद                        उपाध्यक्ष                          निर्विरोध

४.        नारायण अधिकारी            उपाध्यक्ष                          निर्विरोध

५.        प्रेम सिंह गुरूङ                           माहासचिव                       निर्विरोध

६.        कृष्ण देवकोटा                            सचिव                             निर्विरोध

७.        —————–                                 कोषाध्यक्ष                        रिक्त रहेक

८.        ईम्प्रेस सिंह                                 प्रतिनिधि                        निर्विरोध

९.        डा. जय कृष्ण ठाकुर            युवा प्रतिनिधि                  निर्विरोध

१०.     विजय बिक्रम शाही            सदस्य क्षेत्र नं १                 निर्विरोध

११.     केदार प्रसाद गजुरेल           सदस्य क्षेत्र नं १                 निर्विरोध

१२.     काजी राना सदस्य             क्षेत्र नं २                          निर्विरोध

१३.     दिनेश गौतम सदस्य           क्षेत्र नं ५                          निर्विरोध

 

आई सि सि सदस्यको निर्वाचन प्रकृया

 

 

श्रीमान संयोजकज्यू उच्च स्तरीय सहमतिय आयोग

सहसंयोजकज्यू तथा सदस्यज्यूहरू,

निर्वाचन आयोगका सदस्यज्यूहरू,

संरक्षकज्यूहरू, एनसिसिका पदाधिकारीज्युहरू र

एन आर एन मित्रहरू,

 

 

१ सेप्टेम्बर २०१५ का दिन फ्रान्कफर्टमा भएको उच्च स्तरीय सहमतिय आयोग, निर्वाचन आयोग, प्रमुख संरक्षक, बिशेष संरक्षक, आई सि सि का उम्मेदवार द्वय सुरेन्द्र प्रधान तथा बिनोद अधिकारी बीच सहमति वा निर्वाचन प्रकृयाकालागी गरीएको प्रयास पुर्ण रूपमा समाधान भई नसकेको हुँदा, बिनोद अधिकारीले ५ सेप्टेम्बर २०१५ सम्म छलफल र बिचार विमर्शका लागी समय माँग गर्नु भएकोमा, सहभागी सबैले छलफल तथा सर्वसंम्मतिका लागी ०३ सेप्टेम्बर २०१५ को दिन राति १२ बजेसम्मको समय दिने निर्णय गर्यो।

 

यदि ०३ सेप्टेम्बर २०१५ राति सम्ममा सहमति हुन नसकेमा ०५ सेप्टेम्बर २०१५ मा म्यूनिखमा अधिवेशनका नियमित कार्यक्रम र सर्वसंम्मत उम्मेदवारको घोषणागरी अधिवेशन संम्पन्न गरीने र साथै आई सि सि सदस्य पदका लागी सम्मानजनक तथा व्यापक सहभागिता सहित निर्वाचन कार्य आई सि सि ले तोकेको समय भित्र संम्पन्न गर्ने निर्णय भएकोले यस उद्देश्य प्राप्तिकालागी निर्वाचन आयोगले निम्न प्रकृया तय गरेको व्यहोरा जानकारी गराउँदछु।

 

१.        ०५ सेप्टेम्बर २०१५ मा हुने भनिएको आई सि सि सदस्यको निर्वाचन प्रकृया स्थगन गरी           आगामी             १४             सेप्टेम्बर २०१५ मा निर्वाचन मार्फत प्रतिनिधीको टुङ्गो लगाउने।

 

२.        जर्मन भरी छरीएर रहेका सबै एन आर एन हरूलाई सदस्य बन्न र आवश्यक शुल्क तिर्न     १०       सेप्टेम्बर            २०१५ साँझ २१ बजे सम्म समय थप गर्ने।

 

३.        १० सेप्टेम्बर २०१५ साँझ २१ बजे भित्र भरेर बुझाएको सदस्यहरूको नामावलि संम्बन्धित        क्षेत्रको   एल सि सि कोअोर्डिनेटर / निर्वाचन आयुक्त / निर्वाचन अधिकृत वा पदाधिकारी हरूले अनिवार्य    रूपमा निर्वाचन              आयोगको ईमेल मार्फत १० सेप्टेम्बर भित्र           पठाउनु पर्नेछ।

 

४.        ०५ सेप्टेम्बर २०१५ सम्म संकलित सदस्यता फारम बर्तमान अध्यक्षले प्रमाणित गर्ने र   ०६ सेप्टेम्बर      २०१५ पंछि             संकलित सदस्यता फारम नवनिर्वाचित अध्यक्षले प्रमाणित गरी           १२ सेप्टेम्बर २०१५ भित्र            सदस्यता फारम र             दस्तूर तिरेको प्रमाण वा रकम सबै प्रमुख     निर्वाचन आयुक्त लाई बुझाई         सक्नुपर्नेछ।

 

५.        यसरी प्राप्त सदस्यता नामावलि र अध्यक्ष द्वारा प्रमाणित सदस्यता फारम प्रमुख निर्वाचन           आयुक्तले            जाँच      गरी तोक लगाएपछि मतदाताको रूपमा १३ सेप्टेम्बर २०१५ का दिन      निर्वाचन आयोगले           प्रकाशित गर्नेछ।

 

६.        १३ सेप्टेम्बर २०१५ को दिन प्रकाशित मतदाता नामावलिको आधारमा १४ सेप्टेम्बर   २०१५ को दिन निर्वाचन            कार्य संम्पन्न गरिनेछ।

 

७.        निर्वाचन प्रकृया जर्मनीको भूगोल र एल सि सि को बनावटको आधारमा निम्न ६            निर्वाचन क्षेत्रमा बिहान १०         बजे देखि साँझ १७ बजे सम्म निर्वाचन आयुक्तले तोकेको स्थानमा हुनेछ।

 

८.        निर्वाचन कार्य सहज गराउन संम्बन्धित क्षेत्रका एन सि सि का पदाधिकारी, एल सि सि   कोअोर्डिनेटर र निर्वाचन                        आयोगले तोकेको पर्यवेक्षकहरूलाई विशेष भूमिका निर्वाह गर्न            निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ।

 

९.        पर्यवेक्षकको रोहबरमा निर्वाचन आयुक्त र अधिकृतले निर्वाचन कार्यको नेतृत्व गर्नेछन्।

 

१०.      १४ सेप्टेम्बर २०१५ बिहान ९.३० बजे भित्रमा निर्वाचन आयोगले आवश्यक मतदाता नामावलि,         उम्मेदवारको      सुचि, मतपत्र र मतपेटिका उपलब्ध गराउनेछ।

 

११.      मतपत्रमा प्रमुख निर्वाचन आयुक्त, संम्बन्धित क्षेत्रको निर्वाचन आयुक्त वा निर्वाचन        अधिकृत र          पर्यवेक्षकको             हस्ताक्षर हुनेछ।

 

१२.      मतदान शुरूहुनपुर्ब मतपेटिकाको निरीक्षण गरी आवश्यक परे मुचुल्का उठाई सार्वजनिक             रूपमा सिलबन्दी             गर्नु             पर्नेछ।

 

१३.      निर्वाचन पछि पुनः मतपेटिकलाई पुर्णरूपले बन्दहुने गरी शिलबन्दि गरी बाँकिरहेको      मतपत्र र            मतदानमा प्रयोग             भएको मतदाता नामावलि समेतको मुचुल्का उठाई निर्वाचन आयुक्त, निर्वाचन             अधिकृत र पर्यवेक्षकले हस्ताक्षर गर्नु             पर्नेछ।

 

१४.      निर्वाचन सकिए लगत्तै मतपेटिकलाई मुचुल्का सहित निर्वाचन आयुक्त सहित पर्यवेक्षकको           रोहबरमा           फ्रान्कफर्ट (Goethe Hotel Frankfurt) मतगणना कक्षमा पुर्याउनु पर्नेछ।

 

१५.      सबै क्षेत्रका मतपेटिका सँकलन भई सकेपछि उम्मेदवारहरूको प्रतिनिधि, निर्वाचन आयोग,         र          पर्यवेक्षकहरूको             रोहबरमा यथासक्य छिटो मतगणना कार्य शुरू गरिनेछ।

 

१६.      मतगणना कार्य सकिएपछि निर्वाचनको आधिकारिक परीणामको घोषणा प्रमुख निर्वाचन           आयुक्तले            गर्नेछन्।

 

१७.      निर्वाचन र मतगणना संम्बन्धमा कुनै द्विविधा सृजना भएमा उच्च स्तरिय सहमतिय        आयोग संगको     परामर्शमा             निर्वाचन आयोगले निर्णय गर्नेछ।

 

१८.      निम्न लिखित क्षेत्रका लागी निम्न लिखित व्यक्तित्वहरूलाई निर्वाचन आयुक्त पर्यवेक्षक र   निर्वाचन            अधिकृत             तोकिएकोछ।

 

 

क्षेत्र नं १ :        Hamburg / Schleswig-Holstein

निर्वाचन आयुक्त             : दावा गेल्जे शेर्पा

निर्वाचन अधिकृत           : शिव कुमार श्रेष्ठ

पर्यवेक्षक                       : पुष्प थापा

 

 

क्षेत्र नं २ :        Bremen / Niedersachsen

निर्वाचन आयुक्त             : सन्तोष कुमार भट्टराई

निर्वाचन अधिकृत           : बेल गुरूङ

पर्यवेक्षक                       : मिलन पन्त

 

क्षेत्र नं ३ :        Nordrhein Westfalen

निर्वाचन आयुक्त             :दयाराम पौडेल

निर्वाचन अधिकृत           : शिव श्रेष्ठ

पर्यवेक्षक                       : टंक लंम्साल

 

क्षेत्र नं ४ :        Hessen / Saarland / Rheinland Pfalz / Thüringen

निर्वाचन आयुक्त             : चन्द्र श्रेष्ठ

निर्वाचन अधिकृत           : श्याम खनाल

पर्यवेक्षक                       : नारायण अधिकारी

क्षेत्र नं ५ :        Bayern / Baden Württemberg / Sachsen

निर्वाचन आयुक्त             : सुर्य तिवारी

निर्वाचन अधिकृत           : हरी न्यौपाने

पर्यवेक्षक                       : हरेन्द्र वनेम

 

क्षेत्र नं ६ :        Berlin / Brandenburg / Mecklenburg Vorpo. / Sachen Anhalt

निर्वाचन आयुक्त             : डा . जय शंकर ठाकुर

निर्वाचन अधिकृत           : राजेश बहादुर सुनार

पर्यवेक्षक                       : दिल बहादुर गुरूङ

 

सन्तोष कुमार भट्टराई

आयुक्त प्रमुख निर्वाचन

एन सि सि जर्मनी

०२ सेप्टेम्बर २०१५                                                                                                     २०१५

 

 

निर्बाचन समितिको सूचना प्रति आपत्ति

 

 

श्रीमान प्रमुख निर्वाचन आयुक्तज्यु तथा सम्पुर्ण सदस्यज्युहरु
> पाचौं राष्ट्रिय अधिबेशन
> एनआरएनए जर्मनी
> बोदार्थ
> श्रीमान सम्योजकज्यु तथा सम्पूर्ण सदस्यज्युहरु
> उच्चस्तरीय सहमती आयोग
> एनआरएनए जर्मनी
>
> श्रीमान अध्यक्षज्यु ,पदाधिकारीज्युहरु तथा आईसीसी सदस्यज्यु
> एनआरएनए जर्मनी
> बिषय :- निर्बाचन समितिको सूचना प्रती आपत्ती
> महोदय ,
> उपरोक्त सम्बन्धमा मिति०१.०९.२०१५ का दिन फ्रेन्कफर्टमा निर्बाचन समिती र उच्चस्तरिय सहमती आयोगले गरेको निम्न लिखित निर्णयहरु प्रति घोर आपती जनाउदछु ।
> क-एनआरएनए जर्मनीको सदस्यता बन्ने अन्तिम मिति गत २०.०८.२०१५ मा नै सकिएकोले एनआरएनए जर्मनीको पाँचौ राष्ट्रिय अधिबेशनको निर्वाचन प्रक्रिया रहुन्जेल अब उप्रान्त फेरि कुनै पनि सदस्यता बन्न नपाउने ।
> ख-एनआरएनए जर्मनिले सबै क्षेत्रका एलसिसीहरुलाई सदस्यता फारम बुझाउन दिएको अन्तिम म्याद पनि हिजो मिति ०२.०९.२०१५ मा नै सकिएकोले पनि समय थप गर्न मिल्दैन ।
> ग-एनआरएनए जर्मनिको सदस्यता फारम मा स्पष्ट के लेखिएको छ भन्ने सबैलाई थाहा भएको हो।जस्मा एलसिसी सम्योजकले सिफारिस गरेर एनसिसी अध्यक्षले रुजु गरे पछि मात्र त्यो सदस्यता फारम मान्य हुनेछ ।त्यसैले एनसिसी अध्यक्षले रुजु नगरेका सदस्यहरुले निर्वाचन प्रक्रियामा भाग लिन नपाउने।
> घ-मिति ०२.०९.२०१५ सम्ममा सदस्यता फारम र सदस्यता शुल्क नबुझाएकाहरुले निर्बाचन प्रक्रियामा भाग लिन नपाउने ।
> ङ-एनसिसी अध्यक्षज्युलाई पनि मिति ०२.०९.२०१५ सम्ममा प्रक्रिया पुगेर आएका सदस्यता फारम को अन्तिम नामावली पनि तुरुन्तै प्रकाशित गरि दिनु हुन अनुरोध गर्दछु ।
>च-निर्वाचन समितिले तोकिएको समयमा निर्बाचन गर्न नसक्ने अबस्थामा मात्र निर्वाचन कार्यतालिका फेरबदल गर्न सक्ने प्राबधान रहन्छ समग्रमा ।

> बिनोद अधिकारी
> आईसिसी उम्मेदवार
> एनआरएनए जर्मनी
> पाँचौ राष्ट्रीय अधिबेशन २०१५

 

अधिवेशनको अन्तिम दिन ०५ सेप्टेम्बर २०१५ सम्म पनि आई सि सि सदस्य पदका प्रत्याशि रहनु भएका उम्मेदवार श्री बिनोद अधिकारीले संस्थागत बिकाशका निम्ती प्रकृयागत परिवर्तनलाई ठोस रूपमा अधि बढ़ाई, संस्था विधी र विधान संगत रूपमा चल्ने र चलाउने कुराको सुनिश्चितता सहित, हाम्रो एन आर एन भन्ने बातावरण सृजना गरी प्रजातान्त्रिक विधि अनुरूप अधिवेशन, निर्वाचन तथा नेतृत्वको चयन गर्ने परंम्पराको घोषणा गरिमा आफ्नो उम्मेदवारी फिर्ता लिने र आपसी सदभाव अनि एकताका निम्ती आफू बाधक नबन्ने शर्त सहित आफ्नो क़ुरा राखेपछि, अधिवेशन कक्षले गड़गड़ाहट सहित तालिबजाएर उक्त प्रस्ताव अनुमोदन गरेकोले आफू निर्वाचन प्रकृयाबाट अल्गगिएको घोषणा गर्नु भएको थियो। अधिवेशनका अधिकांश सहभागिहरूले भविश्यमा सहमतिय आयोग गठन नगर्ने निर्णय समेत पारित गरेको थिए।

यस अधिनै आई सि सि पदका अर्का प्रत्याशी श्री टंक लम्सालले संस्थापको बिृहत्तर हित र एकताका निम्ती सहयोगी बन्ने बिचार राख्दै आफ्नो मनोनयन पत्र फिर्ता लिई सक्नु भएकोले आई सि सि पदका अन्तिम प्रत्याशी श्री सुरेन्द्र प्रधान एक मात्र उम्मेदवार बाकि रहनु भएकोले, आगामी १४ सेप्टेम्बर २०१५ मा हुने भनिएको निर्वाचन प्रकृया टुङगाउदै, श्री सुरेन्द्र प्रधान लाई निर्विरोध भएको घोषणा निर्वाचन आयोगले गर्दा तालिबजाएर अनुमोदन गरीएको थियो।

त्यस्तै महासचिव पदका प्रत्याशी श्री लव कुमार थापा क्षेत्रीको उम्मेदवारी प्रकृया नपुगेको भनि यस अधि प्रकाशित सुचनालाई सच्याउदै, निर्वाचन अधिकृतको तर्फबाट केहि त्रुटि हुन गएको देखिएकोले, उहाको उम्मेदवारी निर्वाचन आयोगले सदर गरेको छ।
संस्थाको एकतामा सहयोग पुगोस भनि , काम गर्ने सोच, ईच्छा र क्षमता हुँदा हुँदै पनि आफ्नो उम्मेदवारी फिर्ता लिई सिङगो कार्यसमितिनै सर्वसंम्मत हुने बातावरण बनाई दिनु भएकोमा लव थापाज्यूलाई बिशेष धन्यवाद दिदै निर्वाचन आयोगले आगामी कार्यकाल २०१५-२०१७ को लागी सम्पूर्ण पदाधिकारीहरू सर्वसंम्मत निर्वाचित भएको घोषणा गर्दछ।

 

श्री सुरेन्द्र प्रधान                         आईसिसि सदस्य निर्विरोध          surendrapradhan78@yahoo.com

 

१.         श्री नवराज रोस्यारा       अध्यक्ष     निर्विरोध       roshyara@gmail.com

२.         श्री प्रेम पोमु                   उपाध्यक्ष               निर्विरोध       prem.pomu@yahoo.com

३.         श्री रण बहादुर साउद     उपाध्यक्ष               निर्विरोध       rana.saud@hotmail.de

४.         श्री नारायण अधिकारी उपाध्यक्ष       निर्विरोध      narayanadhikari20@hotmail.com

५.         श्री प्रेम सिंह गुरूङ          माहासचिव            निर्विरोध      premsinggrg@googlemail.com

६.         श्री कृष्ण देवकोटा          सचिव                    निर्विरोध      krishnaone9@hotmail.com

७.         —————–              कोषाध्यक्ष              रिक्त रहेक

८.         श्रीमति ईम्प्रेस सिंह         प्रतिनिधि                निर्विरोध

९.         डा. श्री जय कृष्ण ठाकुर युवा प्रतिनिधि निर्विरोध   jay@thakur.co

१०.      श्री विजय बिक्रम शाही सदस्य क्षेत्र नं १ निर्विरोध

११.      श्री केदार प्रसाद गजुरेल सदस्य क्षेत्र नं १ निर्विरोध            kedargajurel@hotmail.com

१२.      श्री काजी राना सदस्य     क्षेत्र नं २                 निर्विरोध

१३.      श्री दिनेश गौतम सदस्य क्षेत्र नं ५                 निर्विरोध      askdinesh@gmail.com

१४.      श्री होम शर्मा                 क्षेत्र नं ३ अधिवेशन बाट थप (अनुमोदित)
केहि रिक्त रहेका पदहरूमा नबनिर्वाचित कार्यसमितिले एल सि सि हरूसंग परामर्श गरी पदपूर्ति गर्नसक्ने अधिकारको प्रत्यायोजन गर्दै निम्न विशेष भूमिकामा निम्न व्यक्तित्वहरूलाई सर्वसंम्मतिमा अनुमोदन गरीएको छ।
श्री बिनोद अधिकारी प्रमुख संरक्षक
श्री लव कुमार थापा क्षेत्री विशेष संरक्षक
श्री  बेल गुरूङ ईभेन्ट कोअोर्डिनेटर

 

 

अन्तमा,

संस्थाको संस्थागत विकाश, पुनर्निर्माणमा नेपाल सरकारको सहयोगी, एन आर भवन निर्माण कार्यमा योगदान, परोपकारी कार्य गर्दै एन आर एन हरूको अधिकारका निम्ती अग्रपंक्तिमा रहेर कामगर्नु पर्ने क़ुरा सहित,   यस कार्यसमितिले सम्पूर्ण एन आर एन साथिहरूको मनोभावना बमोजिम संघ लाई साझा संस्थाको रूपमा बिकाश गर्दै, जर्मनबासि नेपालीहरूको इज़्ज़त र प्रतिष्ठा उच्च राख्नेगरी नेपाल र नेपालीको विकाशमा योगदान पुर्याउनेछ भन्ने विश्वाश सहित नवनिर्वाचित अध्यक्ष नवराज रोस्यारा, आई सि सि सदस्य श्री सुरेन्द्र प्रधान लगायत सम्पूर्ण कार्यसमितिका पदाधिकारी साथिहरूलाई कार्यकालको सफलताको शुभकामना र हार्दिक बधाई म र निर्वाचन आयोगको तर्फ बाट दिन चाहान्छु।
आई सि सि सदस्य, आगामी अक्टूबर २०१५ काठमाण्डौमा हुने अन्तराष्ट्रीय विश्व सम्मेलनमा सपथ लिए पछि मात्र वैधानिक हुनेहुँदा यथा शिध्र आई सि सि सदस्य को नाम एन सि सि जर्मनीको तर्फबाट नवनिर्वाचित आई सि सि सदस्यको रूपमा सपथ ग्रहण गराई दिनुहुन भनि सिफ़ारिश पत्र आई सि सि र सचिवालय समक्ष पठाउनुहुन पनि नवनिर्वाचित अध्यक्षज्यूलाई अनुरोध गर्दछु।

याहाहरूको धैर्यता र सहयोगकालागी पुनः एक पटक धन्यवाद दिदै विदा चाहान्छु।

नमस्कार।

 

सन्तोष कुमार भट्टराई

प्रमुख निर्वाचन आयुक्त
५ सेप्टेम्बर २०१५,  म्यूनिख                                                                                         05.09.2015, Munich

 

 

 

 

 

 

अनुसुचि

=======

अनुसुचि १         सदस्यता फारम
अनुसुचि २         उम्मेद्वारी दर्ता फारम

अनुसुचि ३         उम्मेद्वारको सुचि

अनुसुचि ४         उम्मेद्वारी शुल्क

अनुसुचि ५         उजुरी

अनुसुचि ६         मतदाता नामावलि

अनुसुचि ७         उम्मेद्वारी फिर्ता

अनुसुचि ८         उम्मेद्वारको अन्तिम सुचि

अनुसुचि ९         निर्विरोध निर्वाचित पदाधिकारीहरू