For Nepali By Nepali - नेपाली को लागि नेपाली

info@nrna-germany.de

29 May 2017

Comments

Off
 May 29, 2017
 Off
Category News

आदरणिय जर्मन बासि दिदीबहिनी तथा दाजुभाइहरु
गैर आबसिय नेपाली संघ (एनआरएनए) जर्मनीले २८ गते नोवेम्बर २०१५ का दिन एक बिस्तारित बैठकको आयोजना गरेको थियो ।   उक्त बैठकमा एनआरएनए जर्मनीको आउदो दुइ बर्षे कार्यकालमा गर्न सकिने कामहरुको समय तालिकाको निर्माण भएको छ।  यसै बैठकमा नेपाल र नेपालीहरुको लागि गर्न सकिने परोपकारीकामहरुको खोजि गर्दै त्यसको संजयोजन गर्नको लागि बिभिन्न समाजसेवी तथा एनआरएनएको अभियानमा सलग्न एनआरएनहरु, विद्यार्थीहरुलाई समेटेर विभिन्न टास्कफोर्सहरुको गठन गरिएको छ।  साथै एनआरएनए जर्मनीको सल्लाहकारहरु र संरक्षकहरु पनि मर्यादाक्रम लाई ध्यानमा दिएर चयन गरिएको छ। साथै उक्त दिन एनआरएनएको अन्तराष्ट्रिय पदाधिकारीमा चयन हुनु भएका अग्रजहरु लाई पनि सम्मान गरिएको छ। एनआरएनए जर्मनीले आफ्नो कार्यकालमा गर्न सकिने कामहरु समान्धमा तपाइ सँग  कुनै सिर्जनात्मक बिचारहरु छन र तपाईंलाई ,यो काम यसरी गर्दा राम्रो होला, भनेर सुझाब दिन मन छ भने यहाँहरुका सुझाबहरु ईमेल मार्फत info@nrna-germany.de सुझाबहरु दिन हार्दिक अनुरोध गर्न चाहन्छौ।

एनआरएनए जर्मनीको कुनै पनि पदमा बसेर  काम गर्ने भनेको कुनै किसमको फाइदाको  लागि नभएर नेपाल र नेपाली समुदायको लागि आफुले गर्न सकिने योगदानहरु संगठित भएर दिनको लागि मात्र हो।   यहाहरु लाइ थाहै छ, एनआरएनएको अभियानमा सलग्न अग्रजहरु भन्ने गर्छन “यहा (एनआरएनएको अभियानमा)  केहि लिन  होइन, दिन मात्र आउने हो।”।  त्यसैले नेपाल र नेपाली समुदायलाइ आफुले गर्न सक्ने योगदान दिन र यो अभियानमा सहभागि भएर परोपकारी तथा सामाजिकसेवाका कामहरु चाहन्छु भन्ने सोच राख्नु भएका सबै जर्मन बासि नेपाली दिदि बहिनि तथा दाजुभाइहरुलाइ  निम्न स्थान समय र मितिमा सम्पन्न भएको एनआरएनएको बृहत भेला तथा बैठकमा सहभागी भैदिनु भएकोमा हार्दिक  धन्यवात ज्ञापन गर्दछौ।

कार्यक्रम भएको

स्थानः Cocos Restaurant Kaiserstraße 39, 60329 Frankfurt am Main

मितीः 2015-11-28 

समयः  12  a.m.

NRNA Conference Germany November 28, 2015

Comments are closed.